देउवा भन्छन् – प्रधानमन्त्रीले बोल्ने होइन जवाफ दिने हो
काठमाडौं, असार ०३ – नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले संसदमा सधैं विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताएका हुन्।उनले प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो भन्दै अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे।
उनले भने, ‘प्रधानमन्त्रीले बोल्ने होइन। जवाफ दिने हो। पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज। जहाँ पनि विपक्षीले पहिले बोल्ने हो। जवाफ प्रधानमन्त्रीले दिने हो। सुरूमा कहाँ बोल्छन् ?’
तपाइँको प्रतिक्रिया