जमुना बनिन् मिसेस चितवन २०१९

चितवन, असार ०२ – जमुना श्रेष्ठ मिसेस चितवन २०१९ को बिजेता बनेकी छिन् । बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलको हलमा सम्पन्न फाइनलमा अन्य प्रतिस्पर्धीहरुलाई पछी पार्दै श्रेष्ठ मिसेस चितवन सिजन २ को बिजेता बनेकी हुन् । फाइनल प्रतिस्पर्धामा टप ७ हुँदै श्रेष्ठ बिजेता बनेकी हुन् । श्रेष्ठ भ्याली स्टेट कलेजकी प्रधानाध्यापक हुन् । बिजेता श्रेष्ठले नगद रु ५० हजार सहित बिभिन्न उपहारहरु प्राप्त गरेकी हुन् ।
यस्तै प्रभा अधिकारी फर्स्ट रनर अप हुँदा सजना अधिकारी सेकेन्ड रनर अप बनेकी छिन् । प्रतिक्षा पन्त थर्ड रनर अप बन्न सफल भएकी छिन् । यस्तै फर्स्ट रनर अपले ३० हजार, सेकेण्ड रनर अपले २० हजार तथा थर्ड रनरअपले १० हजार सहित बिभिन्न उपहारहरु प्राप्त गरेका छन् । दाताज इभेन्ट्सको प्रस्तुती मिसेस चितवन सिजन २ को फाइनलको लागि २३ प्रतियोगीहरु छनोट भएका थिए ।
यस्तै अन्य २१ बिधामा सब टाइटल समेत प्रदान गरिएको छ ।
कसले पाए कुन सब टाइटल :
१) बेस्ट फिगर – मिना अले मगर
२) बेस्ट हेयर – सुश्मा राज भण्डारी
३) बेस्ट स्किन – सरिता काफ्ले
४) बेस्ट स्माइल – सिता घले
५) मिसेस एक्टिभ – सुवर्ण विश्वकर्मा
६) मिसेस ब्युटिफुल – अस्मिता सुबेदी
७) मिसेस क्याटवाक – प्रतिक्षा पन्त
८) मिसेस कन्फिडेन्ट – आरती डल्लकोटी
९) मिसेस क्रिएटिभ – छिन गुरुङ पिया
१०) मिसेस फोटोजेनिक – सोमामाया लामा
११) मिसेस डिसिप्लिन – सुनिता तामाङ
१२) मिसेस फ्रेण्ड्ली – प्रतिक्षा पन्ती बरालि
१३) मिसेस मल्टिमिडिया – प्रभा अधिकारी
१४) मिसेस पर्फेक्ट – सरिता थापा
१५) मिसेस पर्सानालिटी – सजना अधिकारी
१६) मिसेस पङ्चुवालिटी – सन्तोषी रिजाल
१७) मिसेस स्ट्याएलिस – सरु लामा
१८) मिसेस ट्यालेन्ट – जमुन श्रेष्ठ
१९) मिसेस कन्जेनियालिटी – समिक्षा सिलवाल
२०) मिसेस सोसियल रेस्पन्सिबिलिटी – सुश्मिता श्रेष्ठ
२१) मिसेस इनर्जेटिक – कबिता श्रेष्ठ
तपाइँको प्रतिक्रिया