भरतपुर २३ का वडा सदस्य दिए पत्रकारलाई धम्की

चितवन, असार ०२ – भरतपुर महानगरपालिका वडा नम्वर २३ का वडा सदस्यले पत्रकारहरु माथि धम्की दिएका छन् । वडा कार्यालयले सार्वजनिक जग्गा संरक्षणको विषयमा सडक निर्माण गर्दा उत्पन्न विवादका विषयमा जानकारी गराउनका लागि आज पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनको सुरुवातमानै स्वागत मन्तव्य व्यक्त गर्दै वडा सदस्य वावुलाल थिङ्गले पत्रकारहरुको कलम भाँच्ने धम्कि दिएका हुन । वडा कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतमा मृत्यु दण्ड दिने गरेको उदाहारण प्रस्तुत गर्दै उनले पत्रकारहरुको कलम भाँच्ने धम्कि दिएका थिए । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा सहितका पत्रकारहरुलाई वडा सदस्यले धम्काएका हुन ।
धम्कि दिए संगै पत्रकार सम्मेलन वहिस्कार गरेर पत्रकारहरु निस्कन खोज्दा भरतपुर महानगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितिका संयोजक एवं प्रवक्ता अरुणपिडित भण्डारीले सार्वजनिक रुपमा माफी माग्नु पर्यो । पत्रकारहरुका कारण समस्या विकराल वनेको भन्दै थिङ्ग पत्रकारहरु माथि आक्रमक वनेका थिए । थिङ्ग आक्रमक वने संगै सम्मेलनमा पुगेका पत्रकारहरुले वहिस्कार गर्ने तयारी गरे पछि भण्डारीले माफि माग्नु भएको हो ।
महानगरपालिकाको वडा नम्वर २३ मा रहेको गौचरनको जग्गा संरक्षणका क्रममा सडक निर्माण गर्दै गर्दा स्थानीयको अवरोध पछि निर्माणको काम रोकीएको छ । वडा अध्यक्ष नरिनारायण पौडेलका अनुसार गौचरनमा रहेको जग्गा ३ विगाह १९ कठ्ठा १७ धुर संरक्षण संगै सडक निर्माणका क्रममा स्थानीयले प्रचलनमा रहेको सडक नै कालोपत्रे गर्नु पर्ने भन्दै विरोध जनाएका थिए ।
तपाइँको प्रतिक्रिया