एक सातायता बढेको तापक्रम सोमबारदेखि घट्ने

काठमाडौं, असार ०२ – एक सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने ‘बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावका कारण सोमबार बिहानैदेखि पूर्वी भेगमा बदली भइरहेको छ र यो क्रम रातिसम्म नै रहन्छ । बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले नै पहाडी र हिमाली भेगको मौसम दिनभर आशिंकदेखि सामान्य बद्ली भई बेलुकीपख पानी पर्ने सम्भावना रहेको छ ।’
बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना भने रहेको उनले बताए । अझै एक दुई दिनको मौसम यस्तै रहने पनि उनको भनाइ छ ।तराइमा भने सोमबार पनि हिजोअस्ती जस्तै गर्मी हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए ।
तपाइँको प्रतिक्रिया