उत्कृष्ट पुनरागमन गर्दै कतारले पाराग्वेलाई बराबरीमा रोक्यो

असार ०२ – कोपा अमेरिका फुटबलमा कतारले पाराग्वेलाई बराबरीमा रोकेको छ । प्रतियोगिता अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा कतारले पाराग्वेलाई २-२ को बराबरीमा रोएकेको हो । पाराग्वेका लागि ओस्कार कार्डोजो र डेरिस गोन्जालेज गोल गरे । कतारका लागि भने अल्मोएज र बौलेम खौखीले गोल गरे ।
कतार एक समय २-० ले पछी परेको थियो । तर उसले उत्कृष्ट पुनरागमन गर्दै पाराग्वेलाई बराबरीमा रोक्यो । उक्त बराबरी पछी कतारले कोपा अमेरिकामा पहिलो अंक जोडेको छ । कतार बिरुद्द पाराग्वेले खेलको चौथो मिनेटमा नै अग्रता बनाएको थियो । उसका लागि ओस्कार कार्डोजोले पेनाल्टीमा गोल गरे । पहिलो हाफमा पाराग्वे १-० ले अघी रह्यो ।
दोस्रो हाफमा पाराग्वेले अग्रता दोब्बर पार्यो । डेरिस गोन्जालेजले ५६ औं मिनेटमा लामो दुरीबाट गरेको प्रहार सिधै गोलमा परिणत भएपछि पाराग्वेको अग्रता दोब्बर भयो । । त्यसअघि कार्डोजोले व्यक्तिगत दोस्रो गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताले त्यसलाई मान्यता दिइएको थिएन ।
खेलको ६८ औं मिनेटमा कतारले खेलमा फर्कने संकेत गर्यो । अल्मोएजले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै कतारलाई खेलमा फर्काए । त्यसको ८ मिनेटपछि पाराग्वेका गोलरक्षक रोबर्ट फर्नान्डेजले गल्ति गर्दा बौलेम खौखीको प्रहार गोलमा परिणत भए पछी खेल २-२ को बराबरीमा सकियो ।एजेन्सी
तपाइँको प्रतिक्रिया