यार्सा संकलन गर्न गएका आमा-छोरीमाथि हतियार प्रहार, हेलिकोप्टरमार्फत उद्धार

असार १,काठमाडौं ।यार्सागुम्बा संकलनका लागि रुकुम पूर्वको मैकोट पुगेका आमा छोरीलाई अज्ञात समूहले धारीलो हतियार प्रहार गरेको छ । मैकोटमा यार्सा संकलन गरेर घर फर्किँदै गरेका ३८ वर्ष की जुनकुमारी पुन र १४ वर्षकी उनकी छारी रश्मी पुनमाथि अज्ञात समूहले लुटपात गरी धारीलो हतियार प्रहार गरेको हो । गम्भीर घाइते आमाछोरीमाथि शनिबार साँझ साढे ७ बजे तिर धारिलो हतियारको प्रयोगबाट लुटपाट गरिएको जनाइएको छ । उनीहरुलाई उपचारको लागी हेलिकप्टरबाट उद्धार गरिएको छ ।
गम्भीर घाइतेको उद्धार गृहमन्त्रालयको सहकार्यमा भएको हो । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य कमला रोका र पूर्वआपूर्तिमन्त्री गणेशमान पुनको विशेष पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो ।
तपाइँको प्रतिक्रिया