सामाखुशीको अल नेपाल अस्पताल नजिकै भीषण आगलागी, पाँच सटर जलेर नस्ट

असार १,काठमाडौं । काठमाडौंको सामाखुशीमा रहेको अल नेपाल अस्पताल नजिकै भीषण आगलागी भएको छ ।
उक्त आगालागीबाट पाँच वटा खाजा पसलका सटरहरु जलेर नस्ट भएका महाराजगञ्ज प्रहरी वृतका डीएसपी फणेन्द्र पर्साईंले जानकारी दिए
उनका अनुसार आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । आगो निभाउन पाँचवटा दमकल प्रयोग गरिएको छ ।
अलनेपाल अस्पताल नजिकैको टहराबाट आगलागी सुरु भएको डीएसपी प्रसाईंले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको थप विवरण आउन बाँकी छ ।
तपाइँको प्रतिक्रिया