१३ औं सागको लागि ५ अर्ब २६ करोड ५७ लाख बजेट माग

काठमाडौं, असार ०१ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी डिसेम्बरमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजना गर्न ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार बजेट माग गरेको छ ।राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा निर्माण भएको बजेट निर्माण कार्यदलले आइतबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा समक्ष १३औं साग सम्पन्न गर्न बजेटको माग गरेका हुन् ।
कार्यदलको प्रतिवेदनअनुसार राष्ट्रिय टिम तयारी समिति शीर्षकमा ८८ करोड १२ लाख ६८ हजार लाग्ने उल्लेख गरेको छ । त्यस्तै, खेल सामग्री, उपकरण तथा पोशाक व्यवस्थापन समितिमा एक अर्ब २९ करोड ९१ लाख, समारोह व्यवस्थापन समितिमा ७१ करोड ४६ लाख ८२ हजार, सुरक्षा समितिमा ५० करोड २६ लाख, आवास व्यवस्थापन समितिमा ४५ करोड ५२ लाख शीर्षक उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया