नारायणगढलाई हराउदै जुगेडी चितवन च्याम्पियनसिपको सेमिफाइनलमा

चितवन, असार ०१ – जु फुटबल क्लब जुगेडी पाँचौँ हनामी चितवन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नारायणगढ फुटबल क्लब नारायणगढलाई पराजित गर्दै जुगेडीले सेमिफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समय र टाईब्रेकरमा बराबरी भए पछी खेलको निर्णय सडन डेथबाट लिईएको हो ।सडन डेथमा जुगेडी बिजयी भयो । त्यस अघी निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । यस्तै टाईब्रेकरमा पनि दुबै टिमबाट समान ५-५ गोल भएको थियो ।
जुगेडीका सुमन अर्याल खेलको म्यान अफ द म्याच घोषित भएको आयोजक एभरेष्ट क्लबका सचिव बिकास कोइरालाले जानकारी दिए । प्रतियोगिता अन्तर्गत सोमबार पनि १ खेल हुनेछ । सोमबार हुने खेलमा हर्दी युवा समाज भण्डारा र देशभक्त फुटबल क्लब नवलपुरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।
प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ । फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।।
तपाइँको प्रतिक्रिया