छलफल र परामर्श गरेर गुठी विधेयक ल्याउनुपर्छ : नेता सिंह

‘गुठी विधेयक नेपालको संस्कृति र सभ्यतामाथिको प्रहार गर्ने किसिमले आएको छ, यो काङ्ग्रेसलाई मान्य हुँदैन’, उनले भने ।सरोकारवालासँग छलफल र परामर्श नगरी गलत मनसायबाट गुठी विधेयक आएको उनको भनाइ छ । उनले गुठी अधिकार सुरक्षित गर्न काङ्ग्रेसले सदन र सडकमा आन्दोलन गर्ने स्पष्ट पारे । नेता सिंहले वर्तमान सरकारले गुठी विधेयकबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।
काङ्ग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको विधेयक कुनै हालतमा काङ्ग्रेसले नमान्ने बताए । ‘सरकारले प्रेस स्वतन्त्रता, मानव अधिकार आयोग, गुठियारमाथि दमन गर्न खोजेको छ’, उनले भने ।उनले नेपालको सभ्यता नेवार सभ्यताबिना असम्भव रहेको भन्दै नेवारको धर्म, संस्कृति परम्परालाई हस्तक्षेप गरे काङ्ग्रेस कडारूपमा आन्दोलनमा उत्रने उल्लेख गरे । धर्म संस्कृतिलाई राज्यले संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले गुठी विधेयकले धर्म परम्परा र जात्रामाथि प्रहार गर्न खोजेको बताए ।
तपाइँको प्रतिक्रिया