स्तनको स्पर्शले महिलाहरुलाई किन यौन आनन्द प्राप्त हुन्छ

असार १ : महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको निप्पल पनि त्यस भन्दा कम हुँदैन भन्ने, यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हुनुपर्छ । तर स्तनको स्पर्शले महिलाहरुलाई किन यौन आनन्द प्राप्त हुन्छ भन्ने कुरा वैज्ञानिकहरुले अनुसन्धानबाट पत्ता लगाएका छन् ।
अमेरिकाको एक विश्वविद्यालयका अनुसन्धान कर्ताहरुको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो ।
योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने अनुसन्धानकर्ताहरुको भनाइ रहेको छ।
त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ। अर्थात स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्ने उनिहरुको दाबि रहेको छ।
यस्तै पुरुषहरुको अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, अर्थात हातले हलचल गराउनाले पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सकिने अद्ययनकर्ताहरुले बताएका छन्।एजेन्सी
तपाइँको प्रतिक्रिया