चितवनका छुट्टाछुट्टै स्थानमा २ जना मृत अवस्थामा फेला

चितवन, असार ०१ – चितवनमा आइतबार दुईजना मृत फेला परेका छन् । भरतपुर महानगरपालिका १५ फुलबारी र कालिका नगरपालिका यू न्युरेनीमा आइतबार दुईजना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नम्वर १५ फुलवारीमा आज अपरान्ह बेलचोक निवासी अन्दाजी ८० बर्षिय रामप्रसाद तिवारी सडकमा मृत फेला परेका हुन् । ।तिवारीको शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन ।
उता चितवनकै कालिका नगरपालिका वडा नम्वर ८ न्युरेनी मा आज साँझ पौने ७ बजे बर्ष ३२ को एक युवा मृतअवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।स्थानीय दुर्गावहादुर चेपाङ सडक छेउमा ढलेको प्रहरीको भनाई छ । अत्यधिक मदिरा सेवनले उनको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
तपाइँको प्रतिक्रिया