शैक्षिक सामाग्री वितरण

चितवन ,जेष्ठ ३२ : विगत लामो समयदेखी युवाहरूलाई एकाकार गर्दै समाजका बिकृती बिसङ्गती विरुद्ध आवाज उठाउदै सामाजिक सेवामा सधै आफ्नो अर्थपूर्ण उपस्तिथि राख्दै आइरहेको संस्था “हाम्रो दृस्टी राम्रो दृस्टी” ले ठिमुरास्थित राष्ट्रिय आधारभूत बिद्यालयका २५ जना जेहेन्दार विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेको छ।
केहि साताअघि मात्रै परेवाटका चेपाङ विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेर शुरूवात गरिएको “सपनाको झोला” कार्यक्रमलाई अबको १ महिनाभित्रै चितवनका अझै २ वटा बिद्यालयहरुमा आयोजना गरिने संस्थाका अध्यक्ष वसन्त गैरेले बताउनुभयो।
बिराज पेन्ट्सको आर्थिक सहयोगमा गरिएको “सपनाको झोला” नाम दिइएको शैक्षिक सामाग्री वितरण कार्यक्राममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकादत्त भट्टराई, प्रधानाध्यापक ज्योति नारायण ढकाल, सल्लाहकार भोजराज भट्टराई लगायत थुप्रै सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया