नेपालको राजनीति : बाँचुन्जेल नेता

काठमाडौं,
कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् ।काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो ।सिंह ०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन् । त्यसयता ४४ वर्ष सिंह निरन्तर नेतृत्वमा छन् ।नेपालका अन्य राजनीतिक दलभित्र पनि नेतृत्वमै टाँसिरहन चाहने नेता धेरै छन् । कतिपयले एक दशकदेखि चार दशक लामो समयसम्म नेतृत्व हाँकेका छन् ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र माले महासचवि सीपी मैनाली वामपन्थी राजनीतिमा लामै समयदेखि नेतृत्वमा छन् ।
त्यस्तै समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि लामो समयदेखि पार्टीमा कब्जा जमाएका छन् । सेक्टर काण्डपछि ०४६ भदौमा तत्कालीन नेकपा (मशाल) का महामन्त्री मोहन वैद्य (किरण) ले सुम्पेयता दाहालले नेतृत्व छोड्नुपरेको छैन। पार्टीको नाम पटकपटक फेरियो, तर पार्टी हाँक्ने जिम्मेवारी दाहालकै काँधमा छ।अन्नपूर्णपोस्ट दैनिकमा रामकृष्ण अधिकारीले समाचार लेखेका छन् ।
तपाइँको प्रतिक्रिया