म मर्छु तर देशलाई बर्बाद पार्ने भ्रष्ट्रहरुलाई छोड्दिन् : पाकिस्तानी प्रधानमन्त्री खान

इस्लामावाद । पाकिस्तान लामो समय देखि चरम आर्थिक संकट झेल्दै आएको पाकिस्तानमा अहिले मंहगी ठुलो चुनौती भएको छ । विगतमा भ्रष्टचारकै कारण आर्थिक संकटको दलदलमा फसेको पाकिस्तानलाई सही ट्रयाकमा ल्याउनका लागि प्रधानमन्त्री इमरानले खानले कडा कदम चाल्ने बताइएको छ ।
भ्रष्टचारी र अवैध धन राख्नेमाथि खान सरकारले बिषेश कमिटी गठन गरेर छानबिन गर्ने जसको निगरानी खान आफैले गर्ने भएका छन् । उनले ३० जुनसम्मको समयवधी दिँदै आफनो सम्पत्ति घोषणा गर्न भन्दै अवैध धन राख्नेहरुप्रति कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
पूर्व सरकारमा रहने वरिष्ठ उच्च अधिकारीहरु नै भ्रष्टचारमा लिप्त भएको कारण देश आज संकट र ऋणमा डुबेको उनले बताए । संसदमा सरकारको बजेट प्रस्तुत भएपछि देशवासीका नाममा सम्बोधन गर्दै उनले आफनो देशमाथि गद्धार गर्नेलाई नछोड्ने चेतावनी दिएका छन् ।
उनले देशका पूर्व राष्ट्रपति देखि पूर्व उच्च अधिकारीहरु भ्रष्टचारबाट कमाएको सम्पत्ति बोकेर बिदेश भागेर बसिरहेको भन्दै आक्रोस व्यक्त गरेका छन् । तीनै भ्रष्टचारीहरुको कारण देश आज ३० अरब डलरभन्दा बढि ऋणको बोझमा रहेको भन्दै उनले देश डुबाउनेहरुलाई ज्यान गए पनि नछोड्ने चेतावनी दिएका छन् ।
उनले उक्त भाईरल भिडियोमा भनेका छन् ‘मेरो ज्यान जाओस तर म देश डुबाउने चोर डाँकाहरुलाई छोड्दिन । यो मेरो देशसँग बाचा भयो । मैले अल्लाहसँग भनेको थिए की मलाई एक मौका देउ । मेरो देशलाई यी भ्रष्टहरुले जसरी डुबाए म कुनै पनि हालतमा तिनीहरुलाई छोड्दिन ।’
आफुलाई निरन्तर गाली र सरकार ढाल्ने समेत आईरहेको भन्दै उनले यसले आफुलाई कुनै फरक नपार्ने बताए । उनले भने ‘म त्यो खेलाडी हुँ जो मैदानमा उत्रिदा लाखौँ मानिसहरुले जथाभावी भन्थे मलाई यी सब कुराहरुले फरक पार्देन ।
यति हो ज जसले यो देशलाई नोक्सान वुर्याए तिनीहरु म कदापी छोड्दिन । किनकी मलाई थाहा छ देशका जनताहरुमाथि के कस्तो गुज्रिरहेको छ ।’
उनले देशकै लागि आफनो सुविधा समेत काटेको बताउँदै सेक्युरिटी खर्चबाहेक सबै खर्च आफुले गर्दै आएको बताए । उनले देशको अवस्था हेरेर नै मुस्किलले अहिलेसम्म ८ दिन बिदा लिएको जानकारी दिए । देशको अवस्था हेरेर नै पाकिस्तानी सेनाले समेत आफनो रक्षा बजेट कटौती गरेको छ ।
जुन रकम गरिब जनताका लागि खर्च गरिनेछ । सेनाको यस्तो निर्णयको पनि उनले सम्बोधनमाफर्त धन्यवाद दिँदै सम्मान व्यक्त गरे । यो सँगै उच्च तहका सांस, कर्मचारी, मन्त्रीहरुको तलब पनि कटौती गरिएको छ । अर्को तर्फ निम्न वर्गका कर्मचारीको तलब भने सरकारले बढाएको छ ।-जनबोली
तपाइँको प्रतिक्रिया