विपद व्यवस्थापनमा सरकारी निकायनै कमजोर

सूर्यप्रसाद अधिकारी, जेठ ३१, चितवनमा बर्षेनी भइरहेका विपद व्यवस्थापन हुन सकेको छैन । यस्ता प्राकृतिक विपद दैनिक जसो बृद्धि भइरहेका छन । कहिले प्राकृतिक विपत्ती र कहिले विकासका कामबाट समेत यस्ता घटनामा कमि आउन सकेको छैन । यसको मुख्य कारण समितिका पदाधिकारीहरु विषयविज्ञ नहुनु, इक्ष्छा शक्ति नहुनु र भएपछि पछुताउने जस्ता कार्यले नत वपद व्यवस्थापन न्यूनिकरण गर्न सकिएको छ नत जीउधनकै सुरक्षा हुन सकेको छ। जिल्लामा विपद व्यवस्थापन समिति भएपनि र कार्ययोजना बनाएपनि यसलाई सही रुपमा कार्यन्वयन गर्न नसक्नु सरकारी कमजोर संयन्त्रनै हो । यसलाई नियन्त्रण गर्न चाहिने जनशक्ति, विज्ञ, उपकरण तथा आवश्यक ऐनहरु परिमार्जन नहुंँदा यसलाई नियन्त्रण गर्न नसकिएको विज्ञहरु बताउंँछन ।
शुक्रबार भरतपुर महानगरपालिकाले आयोजना गरेको विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा कार्यशालामा उक्त कुरा औल्याइएको हो । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा संस्थाका निर्देशक विजय उपाध्यायले विपद व्यवस्थापन समितिमा विज्ञको अभाव र इच्छाशक्ति नभएका कारण काम प्रभावकारी नभएको बताउनु भयो । ‘जति जनसख्या बढ्दो छ, , त्यत्ति विपत्ती बढ्दो छ । उहांँले भन्नुभयो । ’उहांँका अनुसार विपद आउनु अघि योजना नवनाउनु र सचेत नभएका कारण विपद न्यूनिकरण हुन नसकेको हो । कार्यपत्र प्रस्तुत गर्दै उहांँले विपद धेरै प्रकृतिको र प्राकृतिक हुने भन्दै यसलाई रोक्न नसकेपनि नियन्त्रण गरी क्षति कम गर्न सकिने बताउनु भयो । विपद व्यवस्थापनका लागि सरोकारवाला निकायले यस बिषयलाई प्राथमिकतामा नराख्ने गरेका कारण ठूलो जनधनको क्षति भइरहेको उहांँको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले विपद बोलाएर नआउने भन्दै यसमा पूर्वतयारी र सचेत हुन आवश्यक रहेको बताउनु भयो । महानगरपालिकाले यसको व्यवस्थापनका लागि प्रभावकारी रुपमा काम अगाडि बढाएको भन्दै उहांँले यसका लागि महानगरबासी साथ र सहयोग हुनुपर्ने बताउनु भयो । ‘यसका लागि महानगरको एक्लो प्रयासले मात्र सम्भव हुदैन नगर देखि वडासम्मको संयन्त्र सक्रिय हुनुपर्छ ’। जिल्ला व्यवस्थापन समिति र महानगरको विपद व्यवस्थापन शाखा संग सहकार्य र समन्वय गरी यसलाई थप प्रभावकारी बनाइने उहांँको भनाई थियो ।
सो अवसरमा भरतपुर महानगरका वडाअध्यक्ष , विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुले आफ्नो काम,कर्तव्य, दायित्वमाथि प्रकाश पारेका थिए । सो अवसरमा बोल्दै वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले मानिसका कारणनै बढी प्राकृतिक विपत्ति निम्तिएको भन्दै यसलाई पहिले नियन्त्रण र व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । ‘पूर्वाधार निर्माण, विकासका कारण विपद आउन सक्छ तर भविष्यमा आउने विपदलाई पहिलेनै कार्ययोजना बनाउनु जरुरी छ ’उहांँले भन्नुभयो । पछिल्लो समय वन्यजन्तु र मानववीचको द्धन्द्ध बढेको बताउंँदै उहांँले यसलाई व्यवस्थापन गर्नुपनि चुनौति रहेको बताउनु भयो । विपद प्रकृतिको नियम प्रक्रिया रहेकोले यसबाट गरिने पूर्व तयारी, उद्धार, राहत, पुर्नस्थापना बिषय बढी महत्वपूर्ण हुने उहांँले बताउनु भयो ।
विपद व्यवस्थापन शाखाका प्रमुख झलक कुमार श्रेष्ठले प्राकृतिक विपद व्यवस्थापन एवं न्यूनिकरणका लागि महानगरले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालसंँग समन्वय गरी कार्ययोजना गरी यही असार १० गते पारित गरिने बताउनु भयो । ‘अहिले प्रतिकार्य योजना सहित सुझाव संकलन, त्यस्ता जोखिम क्षेत्रको पहिचान गर्नुको साथै सर्भेको काम सकिएको छ , त्यसपछि आएको ड्राफ्टलाई अन्तिम रुप दिई पारित गरिनेछ ’
साउन १ गतेबाटनै लागु गर्ने गरी वडास्तरबाटनै सयन्त्र बनाई कामलाई मूर्तरुप दिने उहांँले बताउनु भयो । गत बर्ष विपद व्यवस्थापन गर्न १ करोड रुपैयांँ छुट्याएपनि यसबर्ष ३ करोड रुपैयांँ रकम भन्दा बढी विनियोजन गरिने श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष एवं भरतपुर महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नेत्र प्रसाद सुवेदीले विपद गाउंँमा भन्दा बढी शहरमा हुने गरेको भन्दै जिल्ला विपद व्यवस्थापन समितिसंँग समन्वय गरेर काम अगाडि बढाइने बताउनु भयो । । विपदलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विषयविज्ञसंँग छलफल भइरहेको उहांँले जानकारी दिनुभयो । सो अवसरमा सहभागी सुरक्षा निकायका सुरक्षाकर्मीहरुले विपद आउनु नौलो कुरा नभएपनि व्यवस्थापन गर्न चुनौति रहेको बताएका थिए । उनीहरुका अनुसार उद्धारका लागि चाहिने जनशक्ति, उद्धारका लागि चाहिने उपकरण सामाग्री एवं विपद पश्चात चाहिने राहत समयमै पुरयाउन नसक्दा ठुलो धनजनको क्षति व्यहोर्दै आउनु परेको उनीहरुको भनाई थियो ।
तपाइँको प्रतिक्रिया