नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा दाताराम घिमिरे निर्विरोध निर्वाचित

चितवन।,जेठ ३१ -युवा उद्यमी दाताराम घिमिरे निर्विरोध निर्वाचित भएका छन् । जगतपुरमामा सम्पन्न द्रोस्रो साधारणसभा तथा अधिवेशनले घिमिरेको नेतृत्वमा नया कार्यसमिती चयन गरेको हो ।
निर्वतमान अध्यक्ष निरञ्जन न्यौपानेले अध्यक्षको पदभार हस्तान्तरण गर्दै दाताराम घिमिरेलाई आगामी कार्यकालको शुभकामना दिएका थिए ।अधिवेशनलाई नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.राम शरण महतले उद्घाटन गर्नु भएको थियो ।कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान बिशेष अथितिको रुपमा रहनु भएको थियो ।
नयां कार्यसमितीको प्रथम उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, द्धितीय उपाध्यक्ष राजेश गौतम रहेका छन् । यस्तै सदस्यहरुमा अञ्जन शाक्य,, सुर्यभक्त अधिकारी, विश्वास अधिकारी ,बिकल दाहाल ,नबिन सगर कम्रचार्य रहेको अध्यक्षमा दाताराम घिमिरेले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया