माडीमा आगलागी

चितवन, जेठ ३१ – पश्चिमी माडीको सेरुवा गाउँमा आगलागी भएको छ । माडी नगरपालिका वडा नं।(१, सेरुवा निवासी शुकराम महतोको गोठमा आज बिहान करीब ११:३० बजे आगलागी भएको हो ।
बच्चाहरु खेल्ने क्रममा गोठमा आगो लागेको र आगलागीमा परी करीब ५० हजार बराबरको क्षति भएको पीडित महतोले जानकारी दिए।
आगलागीबाट गोठमा राखिएका घर निर्माणमा आवश्यक झ्याल ढोका, फ्रेम आदि र गोठ छाउन राखिएको खर जलेर नष्ट्र भएपनि मानवीय क्षती भने नभएको महतोले जानकारी दिए ।
आगलागी भएलगत्तै स्थानीयबासी लगाएत माडी नगरपालिकाको दमकलको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो ।
तपाइँको प्रतिक्रिया