पूर्व शिक्षा मन्त्री डि.आर. पौडेलको ह्दयघातबाट निधन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री डि.आर. (धनिराम) पौडेलको निधन भएको छ। चितवनको माडी बगौडामा घरमा मर्निङ वाकमा रहेको बेला हृदयघात भएको जानकारी प्राप्त भएको छ ।
पौडेलको बिहान ६ :४५ बजे हृदयघात भएको थियो ।माडी अस्पतालमा ल्याउदा ल्याउदै बाटोमा नै उहाँको निधन भएको हो। पौडेल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए।पौडेल बिहीबार मात्रै आफ्नो निर्माणाधीन घर ढलानका लागि चितवन गएका थिए ।
तपाइँको प्रतिक्रिया