सरकारमाथि विभिन्न गुनासो र ब्यंग्यमा गिरिजा अधिकारीको ‘ए सरकार-२’गीत (भिडियो )

जेठ ३१ -देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीत ‘ए सरकार-२’ सार्वजनिक भएको छ। साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीतमा विकास पाण्डेको संगीत तथा गायक देवेन्द्र कार्कीको आवाज रहेको छ।
सरकार र पहुचमा रहेका व्यक्तिहरुले आफन्त र सालासालीलाई राम्रो स्थानमा जागिर लगाएको भन्दै कटाक्ष प्रहार गरिएको छ। गीतले सरकार प्रतीको चरम वितृष्णा र खबरदारीलाई एकसाथ समेटिएको छ।
भिमफेदी गाइजको अभिनय रहेको भिडियोमा देशको विकृती र विसंगतीलाई कलात्मक शैलीमा देखाइएको छ। निकै आक्रमक शैलिको गीतलाई भिमफेदी गाइजका निर्मलले निर्देशन गरेका हुन्।पवन शुस्लिङको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा ऐतिहासिक मकवानपुर गढी दरबारलाई देखाइएको छ।
तपाइँको प्रतिक्रिया