शिक्षक फेरिए, विद्यालय फेरिएन

जेठ ३० चितवन, विंक्रम सम्बत ं२०४१ सालमा स्थापना भएको राप्ति नगरपालिका वडा नं ९ को लेकाली आधारभुत विद्यालय अहिले पूर्वाधार अभावको चपेटामा परेको छ । दर्जनौं शिक्षक फेरिए, सयौं विद्यार्थी अध्ययन गरे तर विद्यालयको संरचना भने ज्यूका त्यूंंँ छ । सरकारले आवश्यक बजेट नछुट्यादापनि विद्यालयले भौतिक पूर्वाधार एवं शैक्षिक गुणस्तर समेत सुधार्न सकेको छैन ।
२०७५ गत आर्थिक वर्षमा विद्यालयको लागि भनेर साढे तिन लाख बजेट दिएपनि त्यो बजेट अपुग भएको विद्यालयका प्रधानाध्यापक यम बहादुर अधिकारीले बताए । ‘थोरै बजेट आउंँछ, त्यसले संरचना बनाउने कि गुणस्तर सुधार्न ध्यान दिने‘ अधिकारीले भने । उनका अनुसार विद्यालयको अवस्था देखेर कतिपय शिक्षक अध्यापन गर्न आएको केही समयमै अन्तै सरुवा हुने गरेका छन ।
विद्यालयमा पहिले कक्षा तीन सम्म मात्र पढाइ हुदै आएपनि पछिल्लो समये कक्षा आठ सम्म अध्यापन गरिदै आएको छ । तर बजेट अभावमा र गुणस्तर बृद्धि गर्न नसक्दा विद्यालयमा विद्यार्थी आकर्षित गर्न नसकिएको उनको भनाई छ। विद्यार्थीको संख्या बढे अनुसार गुणस्तर बढाउदै लग्नुपर्ने भएपनि आर्थिक अभावमा कुनै परिवर्तन ल्याउन नसकिएको उनले बताए । विद्यालयको संरचना निर्माण तथा गुणस्तर सुधार्न पटक पटक सञ्चालक समितिको र नगरपालिका बीच बैठक बसेपनि नगरपालिकाले खासै चासो नदेखाएको समितिको ठहर छ ।
जसका कारण विद्यालयक न्यूनतम आबश्यकता समेत पुरयाउन सकिएको छैन । ‘निम्न माध्यमिक तहबाटनै अनिवार्य कम्प्युटर विषय छ तर विद्यालयमा दुृृईवटा मात्र रहेको कम्युटर जीर्ण अवस्थामा रहेको छ,’ प्रधानाध्यापक अधिकारीले गुनासो गरे ।बिद्यालयको भरपर्दो आन्तरिक श्रोत नहुंँदा विद्यालयमा सात जना स्थायी र तीन जना अस्थायी े शिक्षक मात्र राख्नुपरेको उनले सुनाए । अस्थायी शिक्षककोहकमा वडा विकासबाट वार्षीक एक लाख मात्र प्राप्त भएको उनले बताए ।
यस्तै विद्यालयमा यस्ता अन्य थुप्रै समस्या रहेका छन । नत विद्यालयमा पर्याप्त खानेपानीको व्यवस्था नै छ, नत आधुनिक शौचालयको प्रबन्धनै छ । भएका भौतीक संरचना पनि जीर्ण छन, लाइबेरी, बस्ने बेन्च को समेत उचित व्यवस्था गर्न नसकिएकोे विद्यालयका शिक्षक लक्ष्मीकान्तले बताए । जंगलको बिचमा पर्ने भएकाले पनि यस विद्यालयको ध्यान सरोकावालासम्म पुग्न नसकेको उनको भनाई छ । ‘के गर्नु शिक्षक फेरिन्छन, विद्यालय कहिले फेरिने हो,’ उनले भने । पानी पर्दा तथा हावाहु््््््री चल्दा भवन भत्किने र पानी चुहिने समस्या भएकोले विद्यार्थीलाई नपढाइकनै घर पठाउनुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षकहरु बताउंँछन ।
तपाइँको प्रतिक्रिया