आचार्यको १० औं स्मृतिको अवसरमा दीप प्रज्वलन

जेठ २९, चितवन। शैलजा आचार्य स्मृति प्रतिष्ठान चितवनले आचार्यको १० औं स्मृति दिवसको अवसरमा नारायणी नदी किनारमा दीप प्रज्वलन गरेको छ । आज सांँझ नारायणीनदी किनारको गंगा आरती हुने स्थानमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
सो अवसरमा प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठले नेतृ शैलजा आचार्यको योगदानको चर्चा गर्नुभएको थियो । नेपालकै पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसकी वरिष्ठ नेतृ शैलजा आचार्य एक शाहसी महिला भएको उहांँले स्मरण गर्नुभयो ।
वि।स २००१साल बैशाख १६ मा मोरङ जिल्लाको बिराटनगरमा जन्मिएकी आचार्यले सानै देखि राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । वि।सं। २०१७ सालमा राजा महेन्द्रलाई निरंकुशताको विरुद्ध कालो झण्डा देखाएउनु भएको थियो । नेपालको राजनिती वृत्त मा उहांँलाई एक निडर, शाहसी र त्यागी नेता को रुपमा लिने गरिन्छ । उहांँ नेपालको पहिलो उपप्रधानमन्त्री महिला हुनुहुन्थ्यो भने कांग्रेसको पहिलो महिला उपसभापति समेत पनि हुनुभएको थियो । २०६६ जेठ २९ गते उहांँको निधन भएको थियो ।
शैलजा आचार्य स्मृति प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष विष्णुमाया पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव उत्तम जोशी, प्रतिष्ठान का सस्थापक सदस्य ठाकुर कुमारी पौडेल , सचिव तारा गुरुङले मन्तव्य राख्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया