अर्किड कलेजको ‘बृहत गणित-विज्ञान हाजिरी जवाफ प्रतियोगिता’ सम्पन्न

चितवन, जेष्ठ २९ – अर्किड कलेज, भरतपुरमा ‘एस इ इ’ दिएर बसेका विद्यार्थीहरुको लागि ‘बृहद् गणित-विज्ञान हाजिरी जवाफ प्रतियोगिता’ सम्पन्न भएको छ। अर्किड कलेज ‘गणित-विज्ञान क्लब’द्वारा आयोजित उक्त कार्यक्रममा चितवनका विभिन्न विद्यालयहरुबाट ‘एस इ इ’ दिएर बसेका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
‘गणित-विज्ञान क्लब’का विद्यार्थीहरुद्वारा सञ्चालित उक्त कार्यक्रममा ८४ जना ‘एस इ इ’ विद्यार्थीहरुले सहभागिता जनाएका थिए। सम्पूर्ण प्रतियोगीहरुलाई पछि पार्दै हिलबर्ड आवासीय मा वि का रोहित खड्काले प्रथम स्थान हासिल गरी रु. छ हजार नगद पुरस्कार, प्रमाणपत्र र कलेजको लोगो अंकित टिसर्ट प्राप्त गरेका छन्। त्यसैगरी, डेजी इङ्गलिस स्कूल, पर्साका साजन गौडेल द्वितीय तथा नारायणी नमूनाकी रोजसिन श्रेष्ठ तृतीय भएका छन्।
द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई क्रमशः रु. चार हजार र दुई हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, सनराइजका गिरिश पौडेल, नारायणी नमूनाका सौभाग्य ढुंगाना, स्मल हेभनका आशुतोष अधिकारी र कुशल सापकोटालाई रु. एकहजार नगद र प्रमाणपत्र सहित सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
तपाइँको प्रतिक्रिया