हावाहुरीसँगै परेको चट्याङको कारण आगलागी हुँदा बाँकेमा ३९ घर जले

बाँके, जेष्ठ २९ – बाँकेको डुडुवा गाउँपालिकामा हावाहुरीसँगै परेको चट्याङको कारण आगलागी भएको छ । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण आगलागी हुँदा हुँदा ३९ घर जलेर नष्ट भएका छन् ।
आगलागीमा परी एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको छ ।
चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया