तीन जिल्लामा फैलियो डेंगु, सुनसरीमा मात्र संक्रमितको संख्या ५ सय नाघ्यो

बिराटनगर, जेष्ठ २९ – धरानबाट सुरु भएको डेंगु संक्रमण तीन जिल्लामा पुगेको छ र सुनसरीमा मात्र संक्रमितको संख्या ५ सय नाघेको छ ।जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा संक्रमितको संख्या ५४८ पुगेको छ । उनका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना विरामीको उपचार भइरहेको छ ।
३१ वैशाखमा धरानमा डेंगुका बिरामी भेटिएको थियो । सुनसरीपछि मोरङ र झापामा विरामी भेटिएका छन् ।मोरङमा ९ जना र झापामा २ जनामा डेंगुको संक्रमण देखिएको छ ।
मोरङको उर्लाबारी नगरपालिका, केरावारी गाउँपालिका, बेलवारी नगरपालिकामा १-१ जनामा डेंगुको संक्रमण देखिएको छ भने सुन्दरहरैचा नगरपालिकामा ४ र विराटनगर महानगरपालिकामा २ जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।बस्नेतका अनुसार सबै स्थानीय तहले स्फ्रेको काम सुरु गरेका छन् ।
तपाइँको प्रतिक्रिया