शशस्त्र प्रहरी जवान मगर र डा. कुवँर सम्मानित

चितवन, जेष्ठ २९ – अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले शशस्त्र प्रहरीवल विपत व्यवस्थापन तालिम शिक्षालय कुरीनटारका जवान ओम सलामि मगर र वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. शारदा रानाभाट कुवरलाई सम्मान गरेको छ । प्रतिष्ठानले मगरलाई राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ तथा डा. कुवँरलाई वर्ष व्यक्तित्व सम्मान २०७६ बाट सम्मान गरेको हो ।
नेपालका विभिन्न भुभागमा रहेका खोला नाला, ताल, र पोखरीमा डुबेकाहरुको पानीभित्र गएर उद्धार गर्नुको साथै महत्वपूर्ण योगदान गरेकोले मगरलाई सम्मान गरिएको थियो । यस्तै महिला प्रसुतिमा काम गर्नुको साथै २०४६ सालको जनआन्दोलन परेकाहरुलाई स्वास्थ्य सेवा गरेको भन्दै कुवँरलाई सम्मान गरिएको हो ।
सम्मन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अच्युतराज सुवेदी युवाहरुको लागि प्रेरणाको उदाहरण भएको बताए ।अब देशमा राजनितिक स्थिरता हुने, भष्टाचार नियन्त्रण हुने, सुशासन गुणात्माक रुपमा अगाडि बढ्ने र विकास निर्माणले तिव्र गति लिने प्रचण्डले बताए । प्रचण्डले पार्टी एकता देशको ऐतिहासिक आवश्यकता, जनताको भएको बताए । उनले अब राजनिति परिवर्तन गर्नुपर्ने र जनताले चाहेको नयां संवृद्धिमा जानुपर्नेमा जोड दिए ।
पुर्व अर्थमन्त्री सुरेन्द पाण्डेले अच्युतराज सुवेदी मात्रै नभएर देशमा धेरै नेपालीको ज्यान प्राकृतिक समस्याले गएकोमा दुख व्यक्त गर्दै सुवेदीको प्रशंसा गरे । पाण्डेले वेरोजगारी समस्यालाई चाडै अन्त्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रम अच्युतराज सुवेदीको आमा पुर्णकुमारी सुवेदीको अध्यक्षमा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया