महिला विश्वकप फुटबलमा अमेरिकाको किर्तिमानी जित

जेष्ठ २९ – महिला विश्वकप फुटबलमा अमेरिकाले किर्तिमान बनाएको छ । फ्रान्समा जारी विश्वकप फुटबलको एकै खेलमा १३ गोल गरेर अमेरिकाले किर्तिमान बनाएको हो । अमेरिकाले थाइल्यान्ड बिरुद्दको खेलमा १३-० को जित निकाल्दै किर्तिमान बनाएको हो। यो विश्वकपमा एक खेलमा भएको सर्वाधिक गोल हो ।
अमेरिकाको किर्तिमानी जितमा एलेक्स मोर्गनले पाँच गोल गरिन् । त्यस्तै सामन्था मेविस र रोस लाभेलले समान २-२ गोल गर्दा मेगन, लिन्ड्से होरन, मालोरी पुघ र कार्ली ल्योडले समान १-१ गोल गरेका थिए ।पहिलो हाफमा मात्र ३ गोल गरेको अमेरिकाले दोस्रो हाफ मा थप १० गोल गर्दै कीर्तिमानी जित निकालेको हो ।
यस अघी महिला विश्वकपमा फराकिलो जितमा किर्तिमान जर्मनीको नाममा रहेको थियो । विश्वकपमा सन् २००७ मा जर्मनीले अर्जेन्टिनालाई ११-० गोलअन्तरले पराजित गरेको थियो ।एजेन्सी
तपाइँको प्रतिक्रिया