आर्थिक अभाव झेल्दै लव प्रसाद बालगृह,सरकारी निकायबाट पनि वेवास्ता


आफ्नो सम्पुर्ण जिवन समाजसेवामा खर्चेकी उषा कार्कीले कमजोर आर्थिक परिवारका खान लाउन नपाएका, पढ्न नपाएका, अभिभावक गुमाएका र बिभिन्न कारणले बेसहारा बालबालिकालाई ल्याएर बालगृह संचालन गरेकी हुन् । बालगृहमा भएका बालबालिका हुर्काउन उनले आफ्नो धेरै सम्पती खर्च गरिसकिन् । आफ्नै सम्पती खर्चेर पनि उनले बेसहारा बालबालिका हुर्काउन छोडिनन् । अहिले उनलाई खर्चको अभाव छ । खर्चको अभाव भएपछि उनि सरकारी निकायमा धाउन थालिन् । कतैबाट सुनुवाई भएन । ‘मैले यी बालबालिकाको भबिस्य बनाउन सरकारलाई गुहारें, तर कुनै निकायले वास्ता गरेनन्,’लव प्रसाद वाल गृहकी संस्थापक अध्यक्ष रहेकी कार्कीले भनिन्,आफ्नै खर्चले धान्न मुस्किल परिरहेको छ ।’ सरकारले वाल गृह अनुगमन गरेर आबस्यक खर्च दिनुपर्ने उनको माग छ ।
उनले गैरसरकारी क्षेत्रमा काम गर्ने बिभिन्न संस्थाहरु प्रति पनि गुनासो गरिन् । यति धेरै एनजिओ आइएनजिओहरु छन्, तर, सही ठाउँमा रकम बालबालिकालाई खर्च गरेका छैनन्, उनले भनिन् । मैले धेरै संस्थाहरुसंग अनुरोध गरेकी छु, कसैले पनि सहयोग गरेनन्, उनको गुनासो छ । उषा कार्कीले समाजसेवामै आफ्नो जिवन अर्पण गर्दे आइन् । उनले अपाँगहरुको लागि काम गरिन् । नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द्रमा रहेर काम गरेकी उनले धेरै अपांगहरुलाई पुनजिवन दिएकी छिन् । अहिले यहि केन्द्रमा चमेनागृह चलाएर बालगृहको खर्च धानिरहेकी छिन् । बालगृह संचालन गर्दा भएको सबै सम्पती सकेकी उनले खर्चको जोहो गर्न चमेनागृह चलाउन थालेकी हुन् । ‘यिनै बालबालिकालाई खुवाउन, हुर्काउन र पढाउन चमेनागृह चलाएकी हुँ,’उनले भनिन्, यहि अपांगहरुको सेवामा पनि काम गरेकी छु, चमेनागृहको आम्दानीले बालगृह येनकेन धानिरहेकी छु ।’ आम्दानीले धान्न नसक्दा कयौं पटकले उनले ऋण खोजेर बालगृहको खर्च टार्न परेको दुखेसो पोखिन् । कार्कीले जहाँ घुम्न गइन्, त्यहाँ दुख पाएका बालबालिकालाई आफ्नो बालगृहमा ल्याइन् । कोमल र सहयोगी मनकी धनी उषा कार्कीले चितवनका १५ चेपाङ बालबालिका ल्याएर पालिरहेकी छिन् ।

सुन्दरीजलमा रहेको यो बालगृहको भवनमा अहिले पर्खाल लगाउने काम भइरहेको छ । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा ७ लाख ५८ हजार ५५ रुपँयाको लागतमा ९६ मिटर लामो पर्खाल निर्माण भइरहेको हो । यो पर्खाल निर्माण सम्पन्न भएपछि बालगृह भित्र सुरक्षा अबस्था मजवुत हुने संस्थापक अध्यक्ष कार्कीले जानकारी दिइन् । सरकारले यो बालगृह चलाउन दैनिक खर्चका लागि सहयोग गर्नुपर्ने उनको माग छ । बालबालिका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थालाई समेत सहयोग गरिदिन उनले माग गरिन् । आफ्नै खर्चमा बेसहारा बालबालिका हुर्काएकी उषा कार्की यो क्षेत्रकै समाजसेवा क्षेत्रमा काम गरेर निकै कहलिएकी छिन् ।
तपाइँको प्रतिक्रिया