कैलाली र कञ्चनपुरमा फेरि हावाहुरीसहित वर्षा

कैलाली, जेष्ठ २९ – कैलाली र कञ्चनपुर जिल्लामा बुधवार फेरि हावाहुरीसहित वर्षा भएको छ ।आज बिहानैदेखि सुरु भएको हावाहुरीसहितको वर्षाले जनजीवन प्रभावित भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।
गत बिहीबार पनि कैलाली आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको थियो भने ८० जनाभन्दा बढी घाइते भएका थिए ।त्यसैगरी कञ्चनपुरमा पनि बिहीबार आएको हावाहुरीमा २५ जनाभन्दा बढी घाइते भएका थिए । हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो क्षति पुर्याएको थियो ।
तपाइँको प्रतिक्रिया