बेल्जियमद्वारा स्कटल्यान्ड पराजित

जेष्ठ २९ – युरोकप छनौटमा बेल्जियमले सहज जित हात पारेको छ । गए राती सम्पन्न खेलमा बेल्जियमले स्कटल्यान्डमाथि ३–० सहज जित हात पारेको हो । बेल्जियमलाई सहज जित दिलाउन रोमेल लुकाकुले २ तथा केभिन डि ब्रुयनले १ गोल गरे ।प्रतिस्पर्धात्मक खेलमा बेल्जियमले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । इन्ज्युरी समयमा इडेन हजार्डको पासमा गोल गर्दै रोमेलु लुकाकुले बेल्जियमलाई अग्रता दिलाएका थिए ।
५७औं मिनेटमा लुकाकुले नै ब्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए । दोस्रो गोल भने उनले केभिन डि ब्रुयनको पासमा गरे । खेलको अन्तिम मिनेटमा केभिन डि ब्रुयनले गोल गरेपछी बेल्जियम ३–० को सहज जित निकाल्न सफल भयो ।जितसँगै बेल्जियम समूह ‘आई’ मा ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्कटल्यान्ड ६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा रसियाले साइप्रसलाई १–० ले हरायो । जितसँगै रसिया ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । साइप्रस ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।अर्काे खेलमा काजकस्तानले सान मारिनोमाथि ४–० को सहज जित हात पर्यो ।एजेन्सी
तपाइँको प्रतिक्रिया