बिमलको २ गोल मद्दतमा टिसीलाई उपाधी

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले दुई गोल गरेपछी माल्दिभ्सको ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्सले सिजनको पहिलो उपाधि जितेको छ ।गए राती भएको दोस्रो लेगको खेलमा टिसीले फोकाइधुमाथि ३-१ को जित दर्ता गर्दै च्यारिटी सिल्ड उपाधि जितेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएपछि घरेलु मैदानमा भएको दोस्रो लेगमा टिसीले सहज जित दर्ता गरेको हो ।
मंगलबार भएको दोस्रो लेगको २६ औं मिनेटमा इब्राहिम आइसामले गोल गर्दै टिसीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै फोकाइधुले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो । ५२ औं मिनेटमा फोकाइधुका फरवार्डले प्रहार गरेको पेनाल्टी क्रसबारमा लगेर फर्कंदा टिसीको अग्रता जोगिएको थियो ।
खेलको ५८ औं मिनेटमा फोकाइधु खेलमा फर्कियो । अलि शामिउले गोल गर्दै खेल बराबरीमा ल्याए । ६९ औं मिनेटमा विमलले क्लबको लागि पहिलो गोल गर्दै टिसीलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र प्राप्त थ्रु बललाई उत्कृष्ट नियन्त्रण गर्दै गोलरक्षकलाई छक्कयाउँदै गोल गरे । त्यसको ८ मिनेट नबित्दै विमलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट आएको लो क्रसलाई ६ यार्ड बक्सनजिक डिफेन्स र गोलरक्षकलाई छलाउँदै गोल गरेका थिए ।जेष्ठ २९ –
तपाइँको प्रतिक्रिया