निरन्तर उकालो चढ्दै सुनको भाउ ः किन्ने ग्राहक भन्दा बिक्री गर्ने बढे

सूर्यप्रसाद अधिकारी, जेठ २९, चितवन । विगत एकसाता अघिदेखि सुनको मुल्य आकाशिदै गएको छ । व्यवसायीहरुका अनुसार एकसातादेखि सुनको मुल्य दैनिक २०० रुपैयांँदेखि १००० सम्म वृद्धि भइरहेको छ। यसअघि सुनको मुल्यमा उत्तारचढाव आएतापनि हाल आएर निरन्तर उकालो लागिररहेको छ । अन्र्तराष्ट्रिय व्यापार, शेयरमार्केटस, अन्तराष्ट्रिय बजारमा डलरको प्रभाव घट्दै जानु र ब्रेक्जिटको कारणले सुनको मुल्य आकाशिएको हो ।
नेपाल सुनचांँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य चीन र अमेरिकाको व्यापारीक द्धन्द्धका कारण सुनको मुल्य लगातार बृद्धि भइरहेको बताउनुहुन्छ । ‘चाइना र अमेरिकाको व्यापारिक द्धन्द्ध चलिरहेको छ, उहांँले भन्नुभयो, जवसम्म यो समाधान हुदैन तबसम्म बढिरहन्छ ।’
उहांँका अनुसार अन्र्तराष्ट्रियस्तरमा डलर कमजोर हुदै जानु र घरजग्गाा कारोवारमा गिरावट आएका कारण सुनको मुल्य बलियो ्हुदै गएको हो । ‘एकत शेयर मार्केटस पनि डाउन स्ट्रेनमा छ, यस्तो बेलामा मानिसले सुन किनेर सम्पत्ति संचय गर्न खोच्छ । ’उहांँले भन्नुभयो ।
महासंघका उपाध्यक्ष विपिन रामुदामु बजेट भाषणपछिनै सुनको मुल्य लगातार बृद्धि भइरहेको बताउँनुहुन्छ । ‘सुनको मुल्य १५ गतेदेखिनै बृद्धि भएको छ, सरकारलेपनि प्रतितोला एक हजार भन्सार बढाएको छ ।’ उहांँका अनुसार एकसाता अघि ५८ हजार आसपासमा बिक्री भइरहेको सुन अहिले ६३ हजारको हाराहारीमा पुगेको छ । अन्तराष्ट्रिय बजारमा यसको मुल्य बढ्दै जांँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्न गएको उहांँले बताउनु भयो । सुनचांँदी व्यवसायी संघ, चितवनका अध्यक्ष जीवनज्योति विश्वकर्मा सुनको मुल्य निरन्तर वृद्धि हुंँदा बिक्रीपनि कम हुदै गएको बताउंँनुहुन्छ । ‘सुनको मुल्य निरन्तर बृद्धिले ग्राहक र व्यवसायी दुबैलाई घाटा परेको छ’ उहांँले भन्नुभयो । केहीदिन अघिसम्म व्यापार सन्तोषजनक भएपनि मुल्य वृद्धिका कारण ग्राहकहरु पसलमा कम आउने गरेको उहांँले बताउनु भयो ।
किन्ने भन्दा बिक्री गर्ने बढे
सुनको मुल्य निरन्तर उकालो लागिरहंँदा चितवनका स्थानीय बजारमा गहना किन्न आउने भन्दा बढी बिक्री गर्न आउने ग्राहकहरु बढ्दै गएका छन । सूनचांँदी व्यवसायी संघका चितवन अध्यक्ष जीवनज्योति विश्वकर्मा गतहप्ता देखि सूनको मुल्यमा बृद्धि भएसंँगै गहना किन्न आउनेको संख्यामा कम भएको बताउंँनुहुन्छ । ‘बैशाख र ज्येष्ठ बिहेको सिजन थियो , गहना किन्नेको संख्या ठीकै थियो ।उहांँले भन्नुभयो ,
अहिले लगन पनि सकिदै जानु र सुनको मुल्य वृद्धि हुदै गएपछि ग्राहकको संख्यामा कमी आएको हो ।’ सुनको मुल्य वृद्धि हुदै जानु र सुनको लागि ग्राहकको क्रय क्षमता घट्दै जानुका्े कारणबाट पनि गहना बनाउने ग्राहकको संख्या घट्दै गएको हो । जसका कारण सुनको मुल्य वृद्धि हुदैगएपछि पहिले किनेर लगेका आफ्ना गहनाहरु बेच्न आउने ग्राहकहरु उत्तिकै रहेको जय सन्तोषीमांँ सुनचांँदी पसलका सञ्चालक रुवीन रामुदामु बताउंँनुहुन्छ । ‘एकत गहना किन्न आउने संख्या अत्यन्त न्यून छ, अर्को कुरा सुनको मुल्य दैनिक बढिरहेको छ’ उहांँले भन्नुभयो । उहांँका अनुसार बिहे तथा अन्य चाडपर्वमा समेत मानिसले गहना खरीदका लागि मितव्ययिता अपनाउने गरेका छन । ‘अहिले पहिलेजस्तो गहना लगाउने फेशन मोह मानिसमा कम छ,, अर्को कुरा सचेत ग्राहकले अनुत्पादक क्षेत्रमा रकम खर्च गर्दैन’ उहांँले भन्नुभयो । ब्रेक्सिट प्रभावको कारण पनि सुनको मुल्यमा भारी वृद्धि भएको उहांँको भनाई छ ।
गहना बेच्न नारायणगढको एक पसलमा आएकी भरतपुर महानगरपालिका ,२१ की चिनीमाया सापकोटाले भन्नुभयो ‘ सुनको मुल्य बढेको भन्ने सुने, अहिले बेच्छु घटेको बेला किन्न आउनु पर्ला’ अघिल्लो बर्ष उनले ५४ हजार तोलामा किनेर लगेको तर हाल बढेर ६३ हजार पुगेको उहांँले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया