युरोकप छनौट : इटालीको कठिन जित

जेष्ठ २९ – युरोकप छनौटमा इटालीले कठिन जित हात पारेको छ । इटालीले गए राती सम्पन खेलमा बोस्निया हर्ज गोभिना बिरुद्द कठिन जित हात पारेको छ । इटालीले बोस्निया हर्ज गोभिनामाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो ।
घरेलु मैदानमा इटालीलाई कठिन जित दिलाउन लोरेन्जो इनसिग्ने र मार्काे भेराट्टीले गोल गरे । पाहुना टोलीका लागि इडेन जेकोले एक गोल गरे ।खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । ३२औं मिनेटमा जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा इटाली १–० ले पछि पर्यो ।
पहिलो हाफमा पछी परेको इटालीले दोस्रो हाफको शुरुमै खेल बराबरीमा पुर्यायो । खेलको ४९औं मिनेटमा लेरेन्जो इनसिग्नेले गोल गर्दै खेलमा बराबरी गरे । उनले फेडरिकोको पासमा गोल गरेका थिए ।
दोस्रो गोल गर्नलाई भने इटालीलाई अन्तिम सम्म कुर्नु पर्यो । खेल सकिन ४ मिनेट बाँकी रहँदा मार्काे भेराट्टीले गोल गर्दै इटालीलाई २–१ को जित दिलाए ।जितसँगै इटाली समूह ‘जे’ मा अपराजित रहेको छ । इटाली ४ खेलबाट १२ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ ।
गए राती नै सम्पन्न सोही समुहको अर्को खेलमा लिचेस्टाइन फिनल्यान्डसँग २–० ले पराजित भयो । जित पछी फिनल्यान्ड ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस्तै अर्मेनियाले ग्रीसलाई ३–२ ले हरायो ।अर्मेनिया ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । ग्रीस र बोस्निया हर्ज गोभिना समान ४ अंकसहित चौथो र पाँचौ स्थानमा रहँदा लिचेस्टाइनले अंक जोड्न सकेको छैन ।
एजेन्सी
तपाइँको प्रतिक्रिया