युरोकप छनौट : स्टोनियाको पोष्टमा जर्मनीको गोल बर्षा

जेष्ठ २९ – युरोकप छनौट फुटबलमा जर्मनीले स्टोनियाविरुद्ध फराकिलो जित हात पारेको छ । गए राती सम्पन्न खेलमा जर्मनीले स्टोनियाविरुद्ध ८–० को फराकिलो जित हात पारेको हो ।जर्मनीलाई फराकिलो जित दिलाउन मार्को रिउस र सर्ज गनाब्रीले समान २–२ गोल गरे । त्यस्तै, टिमो वर्नर, लिरो साने, लियोन गोरोत्जका र इल्के गुन्डोगोनले समान १–१ गोल गरे ।
जर्मनीले पहिलो हाफमा नै पाँच गोल गर्न सफल भएको थियो । दोस्रो हाफमा थप तीन गोल गर्दै जर्मनीले फराकिलो जित बनाएको हो ।समूह सी मा रहेको जर्मनीको यो लगातार तेस्रो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीको ९ अंक भएको छ ।यस्तै शीर्ष स्थानमा रहेको उत्तरी आयरल्यान्डले पनि जित निकालेको छ । लगातार चौथो खेलमा जित निकाल्ने क्रममा आयरल्यान्डले बेलारुसलाई १–० गोलअन्तरले पाखा लगाएको हो ।
तपाइँको प्रतिक्रिया