प्रितम बने इटहरीको सद्भावना दूत
इटहरी, जेष्ठ २८ – भारतीय टेलिभिजन जीटीभीको रियालिटी शो सारेगमप लिटिल च्याम्पमा सेकेन्ड रनर अप भएका प्रितम आचार्यलाई इटहरी उपमहानगरपालिकाले बाल सद्भावना दूत घोषित गरेको छ ।मंगलबार आयोजित एक कार्यक्रमकाबीच नगरकी कार्यवाहक प्रमुख लक्ष्मी गौतमले उनलाई सद्भावना दूत घोषणा गरेको प्रमाण पत्र प्रदान गरिन् ।
कार्यक्रमको फाइल राउण्ड आइतबार राति प्रशासन भएको थियो । जसअनुसार इटहरीका आचार्य सेकेण्ड रनर अप हुन सफल भएका थिए भने अर्का नेपाली सहभागी आयुष केसी थर्ड रनर अप भएका थिए ।सोमबार काँकरभिट्टा नाका हुँदै स्वेदश फर्किने वित्तिकै सीमामा प्रितपको भव्य स्वागत भएको थियो । गृहनगर पुगेपछि मंगलबार उनलाई प्रमुख प्रशासकीय अधिकृत केशव विमली र वडाध्यक्ष दीपक गौतमले माला र टोपी लगाइदिएर सम्मान समेत गरे ।
गायक आर्चायले आफूलाई उपमहानगरले यो अवस्थासम्म पुग्न साथ, सहयोग र हौसला दिएको उल्लेख गर्दै आभार व्यक्त गरे ।भारतमा भएको प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले नेपाली झण्डा प्रदान गर्दै विदाइ गरेका थिए ।
तपाइँको प्रतिक्रिया