एसीसी यू-१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

जेष्ठ २८ – एसीसी यू-१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।एसियन क्रिकेट परिषद् (एसीसी)ले मंगलबार एसीसी यू-१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । सर्वजनिक तालिका अनुसार नेपाल समुह ‘ए’ मा रहेको छ । यो समुहमा नेपाल सँगै चीन, सिंगापुर र म्यानमार रहेका छन् । समूह ‘बी’मा आयोजक मलेसियासँगै हङकङ, थाइल्यान्ड र भुटान रहेका छन् ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जुलाई २ तारिखमा म्यानमारको सामना गर्नेछ । यस्तै दोस्रो खेलमा जुलाई ५ मा सिंगापुर तथा ६ तारिखमा चीनसँग खेल्नेछ ।समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले श्रीलंकामा हुने एसीसी यू-१९ एसिया कप क्रिकेटमा सहभागीता जनाउन पाउनेछ।
तपाइँको प्रतिक्रिया