प्रकाश सपुतको गलबन्दीले पायो १ करोड (भिडियो सहित)

जेष्ठ २८ – गायक प्रकाश सपुतको ‘गलबन्दी ‘ ले १ करोड पाएको छ । गायक सपुतको ‘गलबन्दी ‘ ले मंगलबार १ करोड पाएको हो । हो हामी कुरा गर्दैछौ गायक सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको गीत ‘गलबन्दी ‘ को ।
पछील्लो भए अत्याधिक चर्चामा रहेको गायक सपुत र गायिका परियारको आवाजमा रहेको गीतले युट्युबमा १ करोड भन्दा धेरै भ्यु पाएको छ । गीतले छोटो समयमा नै करोड भ्यु प्राप्त गरेको छ । यो कुनै पनि नेपाली गीत युट्युबमा अपलोड भएको छोटो समयमा नै १ करोड भ्यु पाएको पहिलो पटक हो ।
सबै बर्गका दर्शक श्रोताले मन पराएको कारण गीतले छोटो समयमा नै यती ठुलो सफलता हात पारेको हो । गीतले गाँउघरको रोधीको झल्को दिन्छ । सामाजिक सन्जाल देखी गाँउ शहर गलबन्दीमय भईरहेको छ । गीत लामो समय युट्युब ट्रेन्डिङ नम्बर १ मा रहेको थियो । गीतमा गायक सपुतकै शब्द संगीत रहेको छ भने कृष्ण बिकको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा गायक सपुत र अन्जली अधिकारी फिचर्ड रहेका छन् । गायक सपुतले नै निर्देशन गरेको गीतको भिडियोमा करण चैसिरको छायांकन रहेको छ । गीतको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन् ।
तपाइँको प्रतिक्रिया