अब देखी सरकारले ‘नो अब्जेक्सन लेटर’ नदिने

काठमाडौं, जेष्ठ २८ – उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई दिने गरेको ‘नो अब्जेक्सन लेटर’ अब नेपाल सरकारले नदिने भएको छ ।डिप्लोमा (भोकेसनल) अध्ययन साथै भाषा सिकाइका लागि अस्ट्रेलिया, जापान लगायतका देशहरूमा जाने विद्यार्थीहरूका लागि दिदै आएको ‘नो अब्जेक्सन लेटर’ सरकारले अब नैदिने भएको हो ।
सरकारले मंगलबारदेखि उक्त लेटर दिन बन्द गरेको हो । अब्जेक्सन लेटर दिन बन्द गरेपछि अध्ययनको लागि विदेश जान तयारी गर्दै गरेका विद्यार्थीहरू अन्यौलमा परेका छन्।केही महिनाअघि अस्ट्रेलिया अध्ययनको लागि जाने विद्यार्थीहरू समस्यामा परेका भन्दै चर्को आलोचना भएको । सोही कारण सरकारले अस्ट्रेलियालाई नै केन्द्रित गरेर नो अब्जेक्सन लेटर बन्द गरेको हुन सक्ने जानकारहरूको भनाई छ ।
सरकारले बिनाकारण नो अब्जेक्सन लेटर दिने काम बन्द गरेको सरोकारवालाहरूको भनाई छ । उनिहरुले सरकारको यस कदमको बिरुद्दमा शशक्त रुपमा उत्रिने चेतावनी दिएका छन् ।
तपाइँको प्रतिक्रिया