खोलामा डुब्यो मन्त्री महासेठ सवार गाडी ,मन्त्री सकुशल

जेठ २७,काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ । सोमबार बेलुका एक पुलको शिलान्यास गरी फर्किने क्रममा गाडी खोलामा डुबेको बताइएको छ ।
स्याङ्जाको सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा गाडी डुबेको हो । मन्त्रीलाई सुरक्षाकर्मीले सकुशल उद्दार गरेका थिए ।
खोलामा डुबेको गाडीको इन्जिन नै सिज भएको र क्रेनको सहयोगमा बाहिर निकालिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया