माडीमा श्रीमानद्वारा आफ्नै श्रीमती माथि बञ्चरो प्रहार

माडी नगरपालिका-६, बसन्तपुरमा श्रीमानले श्रीमतीलाई बञ्चरो हानी सख्त घाइते बनाएका छन् ।मादक पदार्थ सेवन गरेका श्रीमान गुणराज पावेले आफ्नै घरमा श्रीमती ललिता पावेलाई साँझपख बञ्चरो हानी घाइते बनाएका हुन् ।
बञ्चरो प्रहारबाट श्रीमती पावेको चिउँडोको दाहिने भागमा गहिरोगरी काटिएको र बञ्चरोको बिँडको प्रहारबाट शरीरभरी चोट लागेको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी नायव नीरिक्षक उमेश कोइरालाले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको र बञ्चरो प्रहार गरेका पावेलाई थप कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय भरतपुर पठाइएको जनाइएको छ ।
तपाइँको प्रतिक्रिया