मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना, सचेत हुन आग्रह

काठमाडौं, जेष्ठ २७ – मौसम पूर्वानुमान महाशाखाले देशका मध्य तथा तराई क्षेत्रका अधिकांश भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका मध्य तथा तराईका केही भू–भागमा मेघगर्जन गराउने बादलको प्रणालीको विकास भैरहेको छ ।यो विस्तारै उत्तर–पूर्वतर्फ सर्दैछ । यसकै कारण हावाहुरी र चट्टयाङ्गको खतरा छ । चितवनको दक्षिणी भेगमा मेघगर्जन सुरू भइसकेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया