होन्डुरसको पोष्टमा ब्राजिलको आधादर्जन गोल

जेष्ठ २७ – मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसलाई फराकिलो अन्तरले पराजित गरेको छ । गए राती सम्पन्न खेलमा ब्राजिलले होन्डुरसलाई ७–० गोल अन्तरले पराजित गर्यो । ब्राजिलको जितमा गाब्रियल जिससले दुई तथा सिल्भा, काउटिन्हो, नेरस क्याम्पोस, फिर्मिन्हो र रिचारलिसनले समान १–१ गोल गरे ।
छैटाै मिनेटमा डानी एल्भेसको पासमा जिससले पहिलो गोल गरेका गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । लगत्तै १३ औं मिनेटमा थिएगो सिल्भाले गोल गरे । उनले फिलिप कोउन्टिन्होको पासमा ओल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । ३७ औं मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पायो । उक्त पेनाल्टीलाई कोउन्टिन्हो गोलमा परिणत गरे । पहिलो हाफमा ब्राजिलले ३-० को अग्रता लियो ।
पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप चार गोल गर्यो । ४७ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे पछी ब्राजिलले ४-० को अग्रता लियो । ५६ औं मिनेटमा डेविड निरीसले ब्राजिलको लागि पाँचौ गोल गरे ।६५ औं मिनेटमा रोबेर्टो फेरमिन्होले तथा ७० औं मिनेटमा रिकार्रलिसनले गोल गरे पछी ब्राजिल ७-० ले बिजयी भयो । एजेन्सी
तपाइँको प्रतिक्रिया