भरतपुर अस्पतालको सूचना अधिकारीमा पौडेल

जेठ २६, चितवन।भरतपुर अस्पतालको सूचना अधिकारीमा लिलाधर पौडेल नियुक्त हुनुभएको छ । सोमबारदेखि लागु हुने गरी उहांँलाई नियुक्त गरिएको हो । आज अस्पतालले विज्ञप्ती जारी गरी यस बारेमा जानकारी दिएको छ । अस्पतालबाट प्रवाह हुने सेवा सुविधा तथा अस्पतालको महत्वपूर्ण सूचना एवंम जानकारीका सम्बन्धमा आधिकारीक रुपमा सूचना अधिकारीले उपलब्ध गराउने विज्ञप्तीमा जनाइएको छ । यसअघि अस्पतालको सूचना अधिकारीको जिम्मेबारी गोपाल पौडेलले सम्हाल्दै आउनु भएको थियो ।
तपाइँको प्रतिक्रिया