चितवन र नवलपुरका स्कुल तथा कलेजमा मनोवैज्ञानिक एवं अनुसन्धनात्मक पध्दतीमा अध्यापन हुने

चितवन, जेष्ठ २६ – चितवन तथा नवलपुरका स्कुल तथा कलेजमा मनोवैज्ञानिक तथा अनुसन्धनात्मक पध्दतीमा अध्यापन हुने भएको छ । शैक्षिक हबको रुपमा विकासित भएको चितवन तथा नवलपुर क्षेत्रमा रहेको स्कुल तथा कलेजका विद्यार्थीहरुलाई अनुसन्धान केन्द्र स्थापना गरि मनोवैज्ञानिक तथा अनुसन्धनात्मक पध्दतीमा शिक्षा प्रदान गर्न चितवनमा एजुकटर्स फाउन्डेसन नेपालले सहयोग गर्ने भएको हो ।
भरतपुर २ क्षेत्रपुरमा अवस्थित फोब्र्स कलेजमा चितवन तथा नवलपुर क्षेत्रका स्कुल तथा कलेजका प्राचार्यहरु सँग अन्तक्रिया गरी सो कुरा जानकारी गराइएको एजुकेटर्स फाउन्डेसन नेपालका संयोजक तारा प्रसाद अधिकारीले बताए ।
संस्थाले यस वर्ष जम्मा ६ बटा स्कुल कलेज लिएर कार्यक्रम गर्ने बताईएको छ । कार्यक्रमहरु शिक्षक, विद्यार्थी तथा अभिभावक सम्वन्धी रहेको र हाल सम्म सो कार्यक्रम लागु गर्न पर्सामा रहेको नेशनल आ.मा.वि. र भरतपुर २ क्षेत्रपुरमा रहेको फोब्र्स कलेज सँग सहमत भइ सकेका छन् ।
अन्तक्रिया कार्यक्रममा ४०० भन्दा धेरै कार्यक्रम गरि सकेका सकारात्मक सोच कार्यक्रमका अभियन्ता एजुकेटर्स फाउन्डेसन नेपालका अध्यक्ष तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा.होम बहादुर वस्नेतले संस्थालाई कसरी अगाडी वढाउने र एजुकेशनल फादर बन्नका लागी सम्पुर्ण प्राचार्यहरुलाई अनुरोध गरे । सोही कार्यक्रममा संस्थाका सदस्य साइकोलोजिष्ट डा. नरेन्द्र ठगुन्ना, नेशनल आ.मा.वि का प्राचार्य राजकुमार दाहाल ,डन एकेडेमीका अध्यक्ष मनोज विष्ट तथा फोब्र्स कलेजका प्राचार्य दीपक गौतमले आफ्नो मन्तब्य राखेका थिए ।
तपाइँको प्रतिक्रिया