इटहरी मेयरद्वारा पत्रकारको नाकको हड्डी भाँच्ने अभिव्यक्ती फिर्ता

इटहरी, जेष्ठ २६ – इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ विवादास्पद अभिव्यक्तिको फिर्ता लिएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अभिव्यक्ति फिर्ता लिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘इटहरीका एक जना पत्रकार मित्रले फेसबुकको कमेन्टको बिषयलाई लिएर मलाई आर्कोसपूर्ण फोन गरेपछी भएको संवादका क्रमहरुमा आवेगजन्य परिस्थितीको कारण मेरो ब्यक्त भनाईहरुबाट उहाँ र संचारजगतमा पर्न गएको चोट प्रती दु:ख ब्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएकोमा ब्यक्त बिचर फिर्ता लिन चाहन्छु ।’
संचार जगत सँग माफी माग्दै उनले संचारजगत प्रती चोट पुर्याउने आफ्नो कुनै मनसाय नभएको बताएका छन् । यस्तै उनले भ्रष्टचार बिरुद्दको शुन्य सहनशिलताको अभियानमा संचारजगतको भूमिका अपरिहार्य रहने समेत बताएका छन् ।
यस्तो छ मेयर द्वारिकलाल चौधरीद्वार जारी विज्ञप्ति :
तपाइँको प्रतिक्रिया