स्तुती बनिन् मिस एसईई स्टार चितवन २०१९

सुशिल पन्त
चितवन, जेष्ठ २६ – स्तुती श्रेष्ठ एस्पाएर मिस एसईई स्टार चितवन २०१९ को बिजेता बनेकी छिन् । गैंडाकोटको नारायणी रिसोर्टमा सम्पन्न फाइनलमा अन्य प्रतिस्पर्धीहरुलाई पछी पार्दै भरतपुर १० की स्तुती बिजेता बनेकी हुन् । फाइनलमा २२ प्रतिस्पर्धीहरु रहेका थिए । २२ मध्य टप १४ र टप ५ हुँदै स्तुती बिजेता बनेकी हुन् ।खैरहनी १३ की स्मृति भण्डारी फर्स्ट रनर अप बनेकी छिन् । स्मृतिले डेजी ईंग्लिश स्कुलबाट एसईई दिएकी हुन् । यस्तै भरतपुर १२ कि सोफिया डल्लाकोटी सेकेन्ड रनरअप भएकी छिन् । सोफियाले सैनिक आवाशिय महाबिद्यालयबाट एसईई दिएकी हुन् ।
मिस एसईई स्टार चितवन सिजन ३ कि बिजेता स्तुतीले नगद १५ हजार सहित अक्स्फर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट गैंडाकोट र गोल्डेन गेट काठमाडौंबाट कक्षा ११ को लागि शतप्रतिशत छात्राबृती र अन्य बिभिन्न उपहारहरु प्राप्त गरेकी छिन् । यस्तै फर्स्ट रनरअप बनेकी स्मृतिले नगद १० हजार सहित अक्स्फर्ड कलेज गैंडाकोटबाट र गोल्डेन गेट काठमाडौंबाट कक्षा ११ को लागि ७५ प्रतिशत छात्राबृती र अन्य बिभिन्न उपहारहरु प्राप्त गरेकी छिन् भने सेकेन्ड रनर अप सोफियाले नगद ५ हजार सहित अक्स्फर्ड कलेज गैंडाकोटबाट र गोल्डेन गेट काठमाडौंबाट कक्षा ११ को लागि ५० प्रतिशत छात्राबृती र अन्य बिभिन्न उपहारहरु प्राप्त गरेकी छिन् ।
मिस एसईई स्टार चितवनकी बिजेता स्तुतीले सबै प्रतियोगीहरु उत्कृष्ट भएकोले फाइनल निकै प्रतिस्पर्धात्मक भएको बताईन् । ‘सबै जना उत्कृष्ट थिए, निकै कडा टक्कर भएको थिए उनले भनिन्, म बिजेता हुन पाउदा निकै खुशी लागेको ।’ ‘बिजेताको रुपमा ताज मैले लगाए पनि सहभागी सबै बिजेता हुन् – उनले थपिन् ।’ यस्तै स्तुतीले यो प्रतियोगिताले बिजेताको ताज भन्दा पनि अन्य धेरै कुरा सिकाएको बताईन् ।
‘बिजेताको ताज जित्दा खुशी लागेको छ तर त्यो भन्दा ठुलो मैले धेरै कुरा सिक्न पाए, ४० दिनको ट्रेनिङमा मैले आफुमा धेरै सकारात्मक परिवर्तन पाएको छु उनले भनिन्, यसको लागि म आयोजक टिमलाई धन्यवाद दिन चाहन्छु ।’स्तुतीले आफुलाई साथ र सहयोग गर्ने सम्पूर्ण ब्यक्तीहरु र सधैं हौसला प्रदान गर्ने प्रतियोगी साथीहरुलाई धन्यबाद दिईन् । परिवार र अन्य सबैको सहयोग र हौसलाले नै यहाँ सम्म पुग्न सफल भएको उनले बताइन् ।स्तुतीले आफ्नो सफ्टवेयर इन्जिनिएर बन्ने लक्ष्य रहेको बताईन् ।
फर्स्ट रनरअप स्मृतिले स्तुती उपाधीको हकदार भएको बताउदै आफु फर्स्ट रनर भएकोमा निकै खुशी लागेको बताईन् । ‘स्तुती यसको लागि डिजर्भिङ थिईन् र उनले नै जितिन् म खुशी छु उनले भनिन्, जित्नु भन्दा पनि मैले धेरै कुरा सिक्न पाएको छु ।’ स्मृतिले सबैको साथ र सहयोगले यहाँ सम्म आईपुगेको भन्दै सबैलाई धन्यवाद दिईन् । यस सौन्दर्य प्रतियोगिताले धेरै कुरा सिकाएको भन्दै स्मृतिले अब केही गर्न सक्छु भन्ने हौसला मिलेको बताईन् । एग्रिकल्चर पढ्ने इच्छा राखेकी स्मृतिले अवसर पाए चलचित्रमा अभिनय गर्ने पनि बताईन् ।
सेकेन्ड रनर अप सोफियाले आफु के भए भन्ने भन्दा पनि धेरै कुरा सिक्न पाएकोमा खुशी लागेको बताईन् । ‘म के भए भन्दा पनि मैले के सिके भन्ने कुरा मेरो लागि महत्वपूर्ण छ उनले भनिन्, म सेकेन्ड रनरअप भएकोमा खुशी छु । सोफियाले शुरु देखी स्तुती टाइटलको डिजर्भिङ भएको बताईन् ।यस्तै उनले धेरै कुरा सिक्ने अवसर दिएकोमा आयोजक तथा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिईन् । सोफियाले भविष्यमा डाक्टर बन्ने सपना रहेको बताईन् ।
नेपाल डाइरिजले आयोजना गरेको मिस एसईई स्टार चितवन २०१९ को बैशाख ७ गते अडिसन भएका थियो । अडिसनबाट २२ जना फाइनलको लागि छनोट भएको आयोजक नेपाल डाइरिजका निर्देशक अनिल घिमिरेले बताए । फाइनलमा पुगेको टप २२ मध्य पहिलो चरणबाट टप १४ छनोट गरिएको र उनिहरुबाट पनि टप ५ छनोट गरेर बिजेता घोषणा गरिएको उनले बताए । टप ३ बिजेता बाहेक अन्य १३ बिधामा सब टाइटल प्रदान गरिएको थियो । उनिहरुले सबैले अक्स्फर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट गैंडाकोटबाट कक्षा ११ को लागि ३० प्रतिशत छुट प्राप्त गरेका छन् ।
कसले पाए कुन सब टाइटल :
१) डिजिपे मिस पपुलर चोइस : प्रतियोगी नम्बर ७ आश्मा हमाल
२) डिजिपे मिस मल्टिमिडिया : प्रतियोगी नम्बर १५ सन्शु भट्टराई
३) डिजिपे मिस ट्यालेन्ट : प्रतियोगी नम्बर ४ प्रनिशा राई
४) डिजिपे भिवर्स चोइस : प्रतियोगी नम्बर १६ अन्जला गुरुङ
५) शुभ वेडिङ मिस फोटोजेनिक : प्रतियोगी नम्बर २१ सुजिता बिडारी
६) डिजिपे मिस फ्रेण्डसिप : प्रतियोगी नम्बर ७ आश्मा हमाल
७) अल्फा बेटा मिस पर्सानालिटी : प्रतियोगी नम्बर १ स्तुती श्रेष्ठ
८) डिजिपे बेस्ट डिसिप्लिन : प्रतियोगी नम्बर १७ रोजिना अधिकारी
९) डिजिपे बेस्ट वाक : प्रतियोगी नम्बर ४ प्रनिशा राई
१०) यामाहा बेस्ट पर्फर्मेन्स : प्रतियोगी नम्बर २१ सुजिता बिडारी
११) डिजिपे बेस्ट स्माइल : प्रतियोगी नम्बर ११ अमिशा घले
१२) डिजिपे बेस्ट स्टाइलिश ड्रेस : प्रतियोगी नम्बर २१ सुजिता बिडारी
१३) बेस्ट अफिसियल ड्रेस डिजाइनर : लक्ष्मी भण्डारी
तपाइँको प्रतिक्रिया