बंगलादेश बिरुद्द इंग्ल्याण्डको फराकिलो जित

जेष्ठ २६ – विश्वकप क्रिकेटमा इंग्ल्याण्डले दोस्रो जित हात पारेको छ । गए राती सम्पन्न खेलमा बंगलादेश १०६ रनको फराकिलो अन्तरले पराजित गर्दै उसले दोस्रो जित दर्ता गरेको हो । इंग्ल्याण्डले पेस गरेको ३८७ रनको बिशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिकेको बंगलादेश ४८.५ ओभरमा २८० रनमा समेटियो ।
बंगलादेशका लागि सकिब अल हसनले शतकिय पारी खेले पनि टोलीको हार भने टार्न सकेनन् । उनले ११९ बलमा १२ चौका र १ छक्का सहित १२१ रन बनाए । मुश्फिकुर रहिमले ४४ रन बनाए । उनले ५० बलमा २ चौका प्रहार गरे । मह्मुदुल्लाहले २८ तथा मोसाद्देक हसनले २६ रन बनाए । अन्य ब्याट्सम्यान खास्सै चल्न सकेनन् । इंग्ल्याण्डका जोफ्रा आर्चर र बेन स्टोक्सले समान ३-३ विकेट लिए । आर्चरले ८.५ ओभरमा २ मेडन राख्दै २९ रन खर्चिए भने स्टोक्सले ६ ओभरमा १ मेडन राख्दै २३ रन खर्चिए ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३८६ रन बिशाल योगफल तयार पारेको थियो । इंग्ल्याण्डलाई बिशाल योगफल खडा गर्न जोसन रोयले उत्कृष्ट शतकिय पारी खेले । उनले केबल १२१ बलमा १४ चौका र ५ छक्का प्रहार गर्दै १५३ रन बनाए ।
जस बटलरले ४४ बलमा ४ छक्का र २ चौका सहित ६६ रन बनाए । यस्तै जोनी वेयरस्टोले ५० बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाए भने कप्तान इेएन मोर्गन ३५ र जोय रुट २१ रनमा आउट भए । लियाम प्यान्केट २७ तथा क्रिस वोक्स १८ रनमा नट आउट रहे । बंगलादेका लागि मेहेदी हसन मिराज र मोहम्मद सैफुद्दीनले समान २ विकेट लिए । मुस्ताफिजुर रहमान र मशरफे मोर्तजाको नाममा पनि समान १ विकेट हात पारे ।एजेन्सी
तपाइँको प्रतिक्रिया