विश्वकपमा न्युजिल्याण्डको लगातार दोस्रो जित

जेष्ठ २६ – एक दिवसिय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार तेस्रा जित हात पारेको छ । विश्वकप अन्तर्गत गए राती सम्पन्न खेलमा अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्डले लगातार दोस्रो जित हात पारेको हो । गए राती सम्पन्न खेलमा न्युजिल्याण्डले ७ विकेटको सहज जित हात पार्यो ।
अफगानिस्तानले दिएको १७३ रनको लक्ष्य न्युजिल्याण्डले ३२.१ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा केन विलियम्सनले सानदार अर्धशतकिय पारी खेले । उनले अविजित ७९ रन बनाए । ९९ बल खेलेका विलियम्सनले ९ चौका प्रहार गरे । यस्तै रोज टेलरले ५२ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४८ रन बनाए । कोलिन मुन्रो २२ रन बनाएर आउट भए भने टोम लाथम १३ रनमा अभिजित रहे । अफगानिस्तानका अफ्ताब आलमले ३ विकेट लिए । ८।१ ओभर बलिङ गरेका आलमले ४८ रन खर्चिए ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४१.१ ओभरमा १७२ रनमा अल आउट भएको थियो । ओपनिङ राम्रो भए पनि मध्य क्रमका ब्याट्सम्यान सम्हालिन नसक्दा अफगानिस्तान सस्तैमा समेटियो । अफगानिस्तानले पहिलो विकेटको रुपमा हाज्रतुल्ला जजाईलाई ब्यक्तिगत ३४ रनमा गुमाएको थियो जती बेला उसको स्कोर बिना विकेट ६६ रन रहेको थियो । तर पहिलो विकेट गए पछी अफगानिस्तानको विकेट पतन शुरु भयो ।
हशमतुल्ला शाहिदीले ९९ बलमा ५९ रन बनाए पनि टोलीलाई उच्च योगफल तर्फ लैजान सकेनन् । नुर अली जार्दन ३१ रनमा आउट भए भने अफ्ताब आलम १४ रनमा पेभिलियन फर्किए । न्युजिल्यान्डका अलराउण्डर जेम्श निशम एक्लैले ५ विकेट लिए । उनले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ५ विकेट हात पारे ।
ल्योकी फग्र्युसनले ९.१ ओभरमा ३ मेडन सहित ३७ रन खर्चेर ४ विकेट लिए भने कालिन डी ग्राण्डहोमले १ विकेट हात पारे ।अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा जेम्स निशमले ५ विकेट लिए भने लोकी फर्गुसनले ४ विकेट आफ्नो नाममा लेखाए । एजेन्सी
तपाइँको प्रतिक्रिया