हिरोभन्दा बढी पारिश्रमिक लिन्छन् ब्रम्हानन्दम

तपाईं साउथ इन्डियन फिल्म हेर्नुहुन्छ भने ब्रम्हानन्दमलाई नदेख्नै कुरै भएन । किनकि, बलिउडका अधिकांश फिल्ममा उनी हुन्छन् । उनको पूरा नाम ब्रम्हानन्दम कन्नेगन्ती हो ।
सानो रोलबाट आफ्नो फिल्मी करियर सुरु गरेका ब्रम्हानन्दम अहिले सिनेमा दुनियाँको स्टार भएका छन् । साउथ इन्डियन फिल्मका कमेडी एक्टर ब्रम्हानन्दमको लोकप्रियता चलेको कुनै हिरोभन्दा कम छैन । यहाँसम्म कि नेपालमै पनि ब्रम्हानन्दमका फ्यान थुप्रै छन् ।
युट्युवमा साउथ मुभि सर्च गर्दा धेरैले ‘ब्रम्हानन्दम फिल्म’ भनेर सर्च गर्ने गरेका छन् । त्यसैले पनि कतिपय फिल्म अपलोड गर्दा नै ब्रम्हानन्दमको ट्याग लगाइएको हुन्छ ।
फिल्ममा जो सुकै सुपरस्टार होस् तर, जब ब्रम्हानन्दमको इन्ट्री हुन्छ तब सिनेमाघरमा सिटी र तालीको गडगडाहट सुरु हुन्छ । यहाँसम्म आइपुग्न ब्रम्हानन्दमले कठिन संघर्ष गरेका छन् ।
१ फेब्रुअरी १९५६ आन्द्र प्रदेशको साटेनापल्ली जिल्लाको मुपल्ला गाउँमा जन्मिएका उनको परिवारको आर्थिक अवस्था नाजुक थियो । परिवार धान्नै मुस्किल थियो । यसका बाबजुद मेहनती ब्रम्हानन्दमले एमए तहको शिक्षा हासिल गरे । त्यही क्रममा उनले बतौर तेलुगा लेक्चरर अत्तिलली कजेलमा जागिर खाना सुरु गरे ।
इन्टर कलेज ड्रामा प्रतियोगितामा बेस्ट सर्पाेटिङ कलाकारको पुरस्कार जितेपछि ब्रम्हाको कलाकौशल धेरैसामु पुगेको थियो । त्यहिबेला देखि नै उनको अभिनयमा रुचि बढ्दै गयो । त्यसपछि उनले विभिन्न नाटकमा अभिनय गर्नुका साथै नाटक प्रतियोगितामा भाग लिन थाले ।
पछिल्लो समय साउथ इन्डियन फिल्म निर्देशक जन्धयालाको ‘मोद्दाबाई’ नाम को नाटकमा ब्रम्हानन्दमले अभिनय गरेका छन् । जसमा ब्रम्हानन्दमले तारिफै तारिफ पाएका छन् ।
सुरूमा उनलाई ‘चन्ताबाबाई’ नामको एक फिल्ममा सानाे रोल अफर आएको थियो । यही फिल्मबाट ब्रम्हानन्दमको फिल्मी करियरको सुरुवात भएको थियो । याे मुभि गरेपछि उनले जीवनमा पछाडि फर्केर हेर्नुपरेन । अहिलेसम्म उनले हजारभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनको बहुचर्चित फिल्म ‘अहा ना पेल्लानता, ‘अप्पुला अप्पा राव’, किङ, रेड्डी, रच्चा, आर्या २ र बापुल हुन् ।
उनले सन् २००७ मा एउटै भाषामा ७०० भन्दा धेरै फिल्म गरेर रेकर्ड बनाएका थिए । उनलाई सन् २००९ मा चलचित्र क्षेत्रमा योगदान पुर्याएका कारण भारतको महत्वपूर्ण पद्यश्रीबाट सम्मान गरिएको थियो ।
सानै भूमिका किन नहोस्, उनले एउटा फिल्म खेलेको कम्तिमा १ करोड रुपैयाँ लिन्छन् । कहिले काहिँ उनको पारिश्रमिक फिल्मको हिरो र हिरोइनको भन्दा ज्यादा हुन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार सामान्य चलेका र नयाँ हिरोको तुलनामा ब्रम्हाको पारिश्रमिक ज्यादा हुन्छ ।
हाल ब्रम्हानन्दमसँग करिब ३२० करोड बराबरको सम्पत्ति छ । हैदराबदको जुबली हिल्समा उनको एउटा बडेमानको महल छ ।
कुनैबेला सामान्य जीवन बिताइरहेका ब्रम्हाले आफ्नो क्षमता पहिचान गरे र दुनियाँलाई देखाइदिए आफूसँग भएकाे क्षमता निचोरेर सफलता निकाल्ने हो ।
केही महिनाअघि ब्रह्मानन्दम कन्नेगन्तीको मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
तपाइँको प्रतिक्रिया