जेठ २५,चितवन– देवघाटबाट हराइरहेका एक वृद्ध शनिबार नारायणी नदीमा मृत अवस्थामा फेला परेका छन्।
देवघाट गाउँपालिका वडा नं ५ बस्ने ६७ वर्षीय पदमबहादुर सिञ्जाली मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–२६ हिरापुरस्थित नदी किनारमा शरीर सडेको अवस्थामा सिञ्जालीको शव भेटिएको हो। उनी जेठ २२ गतेबाट हराइरहेका थिए।
यसैगरी भरतपुर महानगरपालिका–४ लङ्कुस्थित नहरको डिलमा एक जनाको शव फेला परेको छ। अन्दाजी ३५ वर्षीय ती व्यक्तिको नाम, वतन खुल्न नसकेको प्रहरीले जनाएको छ।
उनी सोही क्षेत्रमा ज्यामीको काम गर्ने बताइएको भए पनि अन्य विवरण आउन नसकेको प्रहरीले जानकारी दिएको छ।